किन आयो मेलम्चीमा यति भीषण बाढी, यस्तो छ कारण

गत मंगलबारदेखि सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्यायो । हेलम्बु तथा मेलम्चीवासीले अहिलेसम्म नदेखेको तथा नभोगेको यति ठूलो बाढी कसरी आयो त ? जल तथा मौसम विज्ञान विभाग अन्र्तगत रहेको बाढी पूर्वानुमान शाखाले यसबारे केही प्रारम्भिक तथ्यहरु सार्वजनिक गरेको छ ।

असार १ गते उक्त जलाधार क्षेत्रमा मध्यम वर्षा भइरहँदा मेलम्चीध्याङ नजिक पहिरो गई मेलम्ची खोला थुनिएको थियो । जसका कारण मेलम्ची खोलाको नाकोटे जलमापन केन्द्रमा करिव एक घण्टा समयावधिमा जलसतह एकासी घटेको र अकस्मात पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध बिस्फोट भएर बाढीको रुप लिँदा तल्लो तटीय क्षेत्र मेलम्ची बजारमा जनधनको क्षति हुन पुग्यो ।

मेलम्चीध्याङ नजिक मेलम्ची खोला पहिरोले १ घण्टा थुनिएको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । सानो ताल बनेर विस्फोट भएपछि तल्लो भागमा क्षति पु¥याएको जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले रातोपाटीलाई जानकारी दिए ।

मेलम्ची जलाधारको शेर्माथाङ्गस्थित वर्षामापन केन्द्रमा गत २९ गते धेरै भारी वर्षामापन भएको थियो । त्यस वरपरका अन्य केन्द्रहरूमा हल्कादेखि भारी वर्षामापन भएको र गत जेठ ३० देखि असार १ गतेसम्म सो जलाधारमा हल्का देखि मध्यम मात्र वर्षामापन भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । पहिरोले १ घण्टा हाराहारी थुनेको थियो मेलम्ची ।

Post a Comment

Previous Post Next Post