महाकाली नदीले खतराकाे तह पार गर्‍याे, यि क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । महाकाली नदीमा पानीले खतराकाे तह पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

शुक्रवार बिहान महाकाली नदीमा पानीले खतराको तह पार गरेको सूचना प्राप्त भएकाले नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा पनि जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।

बैतडीकाे दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका नागरिकहरूलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Post a Comment

Previous Post Next Post