भारतमा एक महिनामै चार लाखबाट झर्‍यो एक लाखमा दैनिक कोरोना संक्रमण


भारतमा आइतबार पछिल्लो दुई महिनायताकै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर १ लाख १ हजार २ सय २३ जना संक्रमित थपिएका छन् भने २ हजार ४ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन्।

आइतबार थपिएका नयाँ संक्रमितको संख्या अप्रिल ४ यताकै सबैभन्दा कम हो भने मृतकको संख्या अप्रिल २२ पछि पहिलो पटक २५ सयभन्दा तल झरेको हो।

कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला चार सातादेखि देशभरि नै संक्रमण ओह्रालो लागिरहेको छ।

एक महिनाअघि मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतमा अहिले नयाँ संक्रमितसँगै परीक्षण गरिएकालाई कोरोना पोजेटिभ हुने दर पनि घटेको छ।

भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार अहिले थपिने नयाँ संक्रमितहरूमध्ये दुई तिहाइ पाँच वटा राज्यका मात्रै छन्।

कोरोनाका नयाँ संक्रमित कम हुँदै गएपछि विभिन्न राज्यहरूले जारी गरेका प्रतिबन्धहरू खुकुलो बनाउन थालेका छन्।

विज्ञहरूले भने संक्रमण घटेकाले दोस्रो लहर पिकबाट ओह्रालो लागेको देखिए पनि राज्यपिच्छे फरक-फरक अवस्था भएकाले जनजीवन सामान्य बनाउनुअघि सावधानी अपनाउनु पर्ने बताएका छन्।

भारतमा अहिलेसम्म २ करोड ८९ लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ४९ हजारले ज्यान गुमाएका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post