किन बाढी पहिरो बढेको बढ्यै छ ? यस्तो रहेछ कारण

विगत केही वर्षदेखि नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोप "पहिलेको तुलनामा केही बढी" देखिएको सरकारी विवरणहरूले देखाएका छन्।

त्यस्ता विवरणहरूको विश्लेषण गरेर कतिपय विज्ञहरूले नेपालमा "२०७२ सालको भूकम्पपछि मनसुनका बेला बाढीपहिरोको प्रकोप बढेको" बताउँदै आएका छन्।

त्यसभन्दा भिन्न मत राख्ने विज्ञहरू चाहिँ भूकम्पभन्दा पनि "मानवीय गतिविधि" र "जलवायु परिवर्तन"का असरले त्यस्तो हुन गएको बताउँछन्।

पछिल्ला वर्षहरूमा नेपालमा बढ्दो मनसुनी बाढीपहिरोको प्रकोपको मुख्य कारण के हो तहामीले बाढीपहिरो र मनसुनमा हुने वर्षासम्बन्धी विवरणहरूको विश्लेषण तथा अधिकारी र विज्ञहरूसँग कुराकानी गरेर त्यसको जवाफ खोज्ने प्रयास गरेका छौँ।

बाढीपहिरोका घटना कति

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार बाढीपहिरोका कारण विगत १० वर्षमा झन्डै २,००० जनाको मृत्यु भएको छ भने ७२,००० भन्दा बढी घरपरिवार प्रभावित भएका छन्।
त्यस अवधिमा बाढीपहिरोकै कारण १८ अर्ब भन्दा बढीको क्षति भएको विवरण केन्द्रले राखेको छ

उक्त अवधिमा पहिरोका मात्र २,००८ घटना भएका छन् भने १,०५३ जनाको पहिरोका कारण निधन भएको छ।
पहिरोले विगत १० वर्षमा ७,००० भन्दा बढी घरपरिवारलाई प्रभावित पारेको छ।

सिन्धुपाल्चोक बाढीपहिरोः बारम्बार देखा पर्ने जोखिम कम गर्न यस्ता छन् विज्ञका सुझाव
सिन्धुपाल्चोक विपद्: "मेलम्ची नदीमा एक घण्टाभित्र अस्वभाविक पानीको मात्रा देखियो"

केन्द्रको विवरणमा २०७२ सालयता पहिलेको तुलनामा पहिरोका घटनामा वृद्धि हुँदै गएको देखिन्छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post