यी हुन् भीर चढेर मेलम्चीको बाढीबाट जोगिएका इन्जिनियर, दुखि हुँदै यसोभन्छन्-

काठमाडौँ। संखुवासभा मादी राम्बेनीका दिनेश दाहाल बीस महिनाअघि इलेक्ट्रोनिक इन्जिनियर भएर मेलम्ची पुगेका थिए । सिनोहाइड्रो कर्पोरेसनमा उनले कार्यभार सम्हालिरहेका थिए । कर्मथलोमा उत्साहपूर्वक काम गरेका उनले भीरपाखा चढेर ज्यान जोगाउनु पर्ला भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् । तर, गत असार १ गते मेलम्चीमा आएको बाढीले भने उनको मस्तिष्क खल्बल्याइदिएको छ।

यसपटक उनले मेलम्ची खानेपानीमा काम गर्दा कतिसम्म जोखिम हुने रहेछ भनेर समेत महसुस गरेका छन् ।मेलम्ची खोलामा पानीको बहाव कहिले घट्ने कहिले बढेको त देखेकै थिए । तर उनले त्यस दिनमा खोलामा लेदो र हिलोसहितको फरक दृश्य देखे।

साँझ सवा ६ बजे नजिकैबाट आउँदै गरेको खोलालाई उनी नियाल्दै थिए । अकस्मात खोलाले किनारमा रहेका अफिसका पर्खालहरु भत्काउन थाल्यो । तत्काल उनका म्यानेजरले अफिसका सामान निकाल्न सर्कुलेसन गरे । उनीसहित अन्य सहकर्मी अफिसको सामान निकाल्न थाले । अफिसका सामान निकाल्दै गर्दा ड्यामसाइडको करिब ५ सय मिटरमा रहेको अर्को ‘लेभर क्याम्प’ मा रहेको सामान निकाल्न उनलाई आदेश दिए । त्यहीबेला उनी उभिएको जमिनमै हल्लिएको अनुभव गरे । उनले भने, ‘जमिन यसरी हल्लियो कि सायद मैले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ। ’

त्यसपछि मान्छेहरु कुदाकुद गर्न थाले । के गर्ने कसो गर्ने उनले केही सोच्न सकेनन् । कहाँ भाग्ने ? भाग्ने ठाउँ पनि उनले देखनन् । त्यहीबेला कोही भीरमा चढ्दै गरेको देखे । उनले पनि त्यहीँ बाटो पछ्याए । पछि नफर्की उनी अठ्यारो भीरमा रुखका जरा समात्दै अघि बढ्न थाले । उनलाई कहाँ जाँदै छु के गर्दै छु केही थाहा भएन । उनी भन्छन्, ‘म यसरी आत्तिएँ कहाँ जाने थाहा भएन । कोही भीर चढेको देखेर म नि त्यतै लागेँ ।’ उनी भीर चढ्दै गर्दा उनको कम्मरसम्म पानी आइसकेको थियो । भीर चढ्न सहज थिएन अलिकति पनि खुटा चि’प्लियो भने फेरि खोलामा पुग्ने अवस्था थियो । उनका अनुसार भीर डरलाग्दो थियो चढ्न गाह्रो थियो झर्‍यो भने सिधै खोलामा पुगिन्थ्यो।

जसोतसो उनी भीर चढेर जंगल पुगे एक भारतीय व्यक्ति खोलाबाट बँच्न त्यहाँ पुगेका रहेछन् । उनका शरीरमा कुनै कपडा थिएनन् । दिनेशले उनलाई ज्याकेट लगाइदिए । भीर पार गरेर जंगल पुग्दा उनीसहित १२ जना व्यक्ति त्यहाँ पुगेका थिए । मोबाइल बाल्दै उनीहरु हिँडिरहे। मुसलधारे पानी परिरहेकै थियो । हिँड्नसक्ने अवस्था कसैको थिएन।

हिँड्दाहिँड्दै उनीहरुले ओढार भेटे । आगो बालेर उनीहरु २ घण्टा ओढारमा बसे । उनीहरुलाई त्यहाँ पनि सुरक्षित महसुस भएन । त्यसबाट उनीहरु मेलम्चीको ड्यामतिर फर्किन थाले । रातभर उनीहरु जंगलको बाटो हिँडिरहे । मध्यरातमा एक घरमा साहारा लिन पुगे । उक्त घरमा पुग्दा कोलाहलको अवस्था थियो । ‘९ जनामा ६ जना चिनियाँ नागरिकलाई बगाइसकेको रहेछ । बाँचेकामध्ये कसैको टाउको फुटेको थियो कसैको खुटा फ्याक्चर भएको थियो,’ उनले सुनाए । उपचारको साधन केही थिएनन् । एक कोठामा २५ जना बसेर रात कटाएको उनले बताए।

जब उज्यालो भयो तब अब बाँचियो भन्ने महसुस उनलाई भयो । भीरको सहाराले आफू बाँच्न सफल भएको उनले बताए । उनले भने ‘सायद भीर समात्न नसकेको भए आज म बाँच्ने थिइनँ । उनी आफू बाँच्न सफल भए तर सँगैका ८ जना सहकर्मी गु’माउँदा दु:खी छन् । हेलिकप्टरमार्फत् उद्धार गरेर उनी अहिले काठमाडौं आइसकेका छन् । अन्य घा’इते सहकर्मीहरुलाई मद्दत गरिरहेका छन् । नेपालमा हाइड्रोको काममा जोखिम रहेको महसुस गर्नुका साथै उनले घाइतेको उद्धारका लागि याचना गरेका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post