अनौठो शंखबज्ने शालिग्रामशिला

हेर्दा अनौठोलाग्ने, शिला जुनशिलामा शंकको आकार भएका छापहरु प्रसस्त छन्, केहि शंख झै बज्ने गर्दछन्, यस्तो शंखैसंखको चक्रभएको शिला (ढुङ्गा)कालिगण्डकी तटमा रहेको बाग्लुङ्गजिल्लाको जैमुनी नगरपालिका जैमुनीघाटमा रहेको छ ।

ऐतिहासिक शंखेढुगे शालिग्रामचक्र भएको ऋषि जैमुनीले पुजापाठ गर्दा बजाउने गरेको बताईन्छ । जैमुनीघाटमा रहेको शिलारूपीशंखको संरक्षणगर्नु आबस्यक छ रहेको स्थायिनबासी बताउछन् । यसको संरक्षणगर्न आवश्यक रहेको उनले बताए । युवा समाजसेवी प्रेम चपाईले यो शंखे ढुङ्गाबजाएर देखाएको भूषालको भनाई थियो ।

यो शिलामा शंखजस्तै बज्ने गरेको र शंकबजाउन जान्नेहरुले यसलाई बजाउन सक्ने स्थानिय एवं राप्रपाका केन्द्रिय सदस्य ठाकुरप्रसाद भूषालले बताए ।

जिमिरघाटमा चैते दशै र ठुली एकादशिमा मेला लाग्ने गरेको पनि छ । योगि नरहरिनाथले यो स्थानमा धनधान्यान्चल महायज्ञ लगाएर यो शिलाको पुजा गरेको बताईएको छ । कालिगण्डकी नदी शालिग्राम शिलाको लागि प्रख्यात रहिआएको नदी हो ।

Post a Comment

Previous Post Next Post