नेपालकै यि स्थानिय तह जहाँ संक्रमित नै छैनन् कसरी भयो सम्भव ? यस्तो छ कारण हेर्नुहोस्

नेपालकै केही स्थानमा संक्रमितको संख्या शुन्य छ । काठमाडौमा संक्रमितको संख्या थपिदै जाँदा दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य छ । हाल कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ। 

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका ,तथा नौगाड गाउँपालिमा तत्कालका लागि सक्रिय संक्रमित नभएका हुन् ।

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा ३३ जना अझै संक्रिय संक्रमित रहेको बताएका छन।स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटि सहर्जकर्ता सुजन बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा १ जना महाकाली नगरपालिमा ५ जना दुहुँ गाउँपालिमा ८ जना व्याँस गाउँपालिकामा ५ जना मार्मा गाउँपालिकामा १० जना तथा शैल्यशिखर नगरपालिमा ४ जनना गरी ३३ जना अझै सक्रिय संक्रमित रहेको उनले बताए।

मंगलबार सम्म १ हजार ३६ जना भन्दा बढिमा कोरोना संक्रमित रहेको बताइएको छ। हाल सम्म ३ जना महिला सहित ११ जनाको मृ'त्यु भएको छ।

Post a Comment

Previous Post Next Post