यस्ता खानेकुरा फ्रिजमा कहिल्यै नराख्नुहोस्

कतिपय मानिसले छोटो अवधिका लागि प्रयोग गर्न मिल्ने सामानलाई लामो समयसम्म प्रयोग गर्ने हेतुले फ्रिजमा राख्ने गरेको पाइएको छ । त्यसैगरी कतिपय खाद्यान्न फ्रिजमा रानेपछि स्वद हराउने र स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन ।

सुख्खा फलफूल , आइसक्रिम, केराउजस्ता कतिपय सामान फ्रिजमा राख्न सकिन्छ तर कतिपय खाद्यान्न यस्ता हुन्छन जुन फ्रिजमा राख्नुअघिसम्म राम्रा हुन्छन तर फ्रिजबाट बाहिर निकाल्दा लाभदायक हुँदैनन ।
यदि तपाईले खानेकुराको स्वाद, फाइदा लगायत त्यसबाट पाइने तत्व यथावत राख्न चाहानुहुन्छ भने यी सातवटा खानेकुरालाई फ्रिजमा राख्दै नराख्नुहोस् ।

१. डेरी उत्पादनहरु: हामीले स्टक राख्न चाहाने पहिलो चीज हो दुध । छोटो अवधिका लागि दुध फ्रिजमा राखेपनि धेरै लामो समय राख्दा त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन । जब हामीले दुध फ्रिजबाट निकालेर पग्लिन्छ, त्यो स्वास्थ्यलाई राम्रो गर्ने अवस्थामा हुँदैन । त्यसैगरी चिजपनि कच्चा हुने र चीजी हुँदैन ।

२. फ्राई गरेका खानेकुरा: हामीलाई फ्राइ गरेका खानेकुराहरु झुरुमझुरुम भएको मनपर्छ । तर यस्ता खानेकुराहरु फ्रिजमा राख्नासाथ भुरुम्मपन सिधै नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सकेजति खानुहोस र पछिलाई साँचेर फ्रिजमा नराख्नुहोस

३. नुडल्स फ्राई गरेका खानेकुरा: जस्तै नुडल्स पनि फ्रिजमा नराख्नुहोस । पाकेको होस वा नपाकेको नुडल्स र पास्टा जस्ता परिकार फ्रिजमा राख्न नहुने खाद्यविदहरु बताउँछन । नुडल्स सकेसम्म छोटो समयभित्र सकिने परिमाणमा किन्नुहोस ।

४. काक्रो फ्रिजमा राखिएका काक्रोका टुक्राहरु: आखाँले हेर्नलाई प्रयोग गर्नुहोस, खानलाई होइन । फ्रिजमा राखेपछि काक्रोको भिन्न स्वाद हुनुका साथै स्वस्थकर हुँदैन ।

५. फलफुल: सुकाएका वा सुख्खा फलफुल मात्र फ्रिजमा राख्न सुरक्षित मानिन्छन । अन्य फलफुल फ्रिजमा राख्दा आकारमा परिवर्तन आउने, स्वाद भिन्न हुने र पौष्टिक तत्व घट्छ ।

६. कफी फ्रिजमा राखिएको खुल्ला कफी: बिन्स वा अन्य कफीले फ्रिजको बास्ना पक्रिने र कफीको स्वाद गुम्ने हुन्छ । जबकि नखोलिएका र प्याक गरिएका कफी ब्याग्सहरु भने केहि हप्ताका लागि मात्र फ्रिजमा राख्न सकिन्छ ।

७. टमाटर सस: प्राय सबैलाई स्यान्डबीच, चिप्स लगायत अन्य खाजामा केचअप अर्थात टोम्याटो सस प्रयोग गर्न मनपर्छ । तर यदि तपाईलाई केचअप बजारमा अभाब हुनेजस्ता लाग्छ भने घरमा ल्याउनुहोस तर फ्रिज बाहिर राख्नुहोस । 

फ्रिजमा आइसले जमेको केचअप पग्लिदा यसमा भएका टमाटर पेस्ट, पानी र भिनेगर सबै छुट्टिन्छ । यी माथि उल्लेखित खानेकुरा फ्रिजमा राख्ना स्वाद, तत्व, आकार लगायत विभिन्न विशेषतामा फरक आउँछ । त्यसैले कुन खानेकुरा फ्रिजमा राख्दा फरक पर्दैन, बुझेर निर्णय गर्नुहोस ।

Post a Comment

Previous Post Next Post