काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप


काठमाडौ । तपाई कसै न कसैले हाइपरलूपका बारेमा सुन्नुभएको हुनुपर्छ । अबको नयाँ युगको यातायात हो भर्जिन हाइपर लूप । यसले अब विमानको युग अन्त्य गर्ने भएको छ । नयाँ युगको यातायात भर्जिन हाइपरलूप मानव सवार सहित सफल परीक्षण भएको छ । सुपर हाई स्पीड ( लेविटेटिङ्ग पड सिस्टम रहेको यो नयाँ यातायातको साधन अहिलेसम्म पत्ता लागेको सबैभन्दा द्रुत गतिको सवारी हो ।

यसमा विश्वकै पहिलो यात्रीले सवारी पूरा गरिसकेको सुखद खबर आएको छ । कम्पनीले भन्यो की एक महत्वपूर्ण सुरक्षा परीक्षण पूरा भएको छ। जसमा मानव कार्गो परिवहन दुबै उडानमा सफलता हात परेको छ। भर्जिन हाइपरलूप कम्पनीका प्रमुख जोश गिगेल, यसका मुख्य व्यवसायीक अधिकारी तथा यात्री सारा लुचियन सहितले यात्राको अनुभव लिइसकेका छन् ।

अमेरिकाको लस भेगासबाट यसको प’रीक्षण गरिएको थियो । परीक्षण स्थलबाट यो १७२ किलोमिटर प्रति घण्टाका दरमा चलाईएको थियो । पहिलो परीक्षण भएकाले यात्रीले कस्तो अनुभव गर्छन भन्ने हेर्नु थियो यसैले पूर्ण क्षमतामा चलाइएन । भर्जिन हाइपर लूपका अध्यक्ष तथा डीपी वर्ल्ड ग्रुपका अध्यक्ष चीफ एक्जीक्यूटिव सुल्तान अहमद बिन सुलेयम भने की मेरो आँखा अगाडी नै दुनियाँले नदेखेको सपना साकार हुँदा अति नै आनन्द मिलेको छ ।
लस एन्जिल्स स्थित हाइपरलूपले भविष्यको कल्पना गरेको छ । जसमा अब कार्गो या यात्री ६०० माइल (९६६ किलोमिटर) प्रतिघण्टाको अति द्रुत गतिको सवारी चढ्न पाउने भएका छन्। काठमाडौदेखि भारतको राजधानी नयाँ दिल्ली हवाई दुरी ८ सय किलोमिटर छ । यस हिसाबमा अब २० मिनेटमा नै यो यात्रा पुरा गर्न सकिनेछ । हाइपरलूप प्रणालीमा अति द्रुत गति कायम गर्न चुम्बकीय उत्तोलनको उपयोग गरिन्छ ।

न्यूयोर्क बाट वाशिंगटन डिसी पुग्नपनि मात्र ३० मिनट लाग्छ । यो कमर्शियल जेट फ्लाइट भन्दापनि दुई गुणा र अहिलेसम्म बनेका हाई–स्पीड ट्रेन भन्दा चार गुना द्रुत गति हुनेछ । कम्पनीले पहिले नेवादा क्षेत्रमा मानव यात्री बाहेक नै ४०० किलोमिटर प्रति घण्टामा कुदाएर परीक्षण गरेको थियो । त्यो परीक्षणको एक महिनापछि यो उपलब्धि हासिल गरेको अन्र्तराष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

भर्जिन हाइपरलूपले यूएस राज्य वेस्ट भर्जीनियाका लागि ५०० मिलियन डलर निर्माण केन्द्र तथा परीक्षण क्षेत्र बनाउँनका लागि खर्च गरेको छ । अब यसलाई व्यवसायीक प्रयोगका लागि काम थालिएको छ । हाइपरलूप यात्रु र सामान ढुवानीका लागि प्रस्ताव गरिएको नयाँ मोडल थियो । जुन पहिला टेस्ला र स्पेसएक्स हाइपरलुपबाट संयुक्त टोलीले जारी गरेको खुला स्रोत भ्याक्ट्रेन डिजाइन वर्णन गर्न प्रयोग गरिएको थियो ।

जसमा कम हवाको चाप रहेको सील ट्यूब वा ट्यूबको प्रणालीको रूपमा वर्णन गरिएको थियो। त्यही परिकल्पनामा अहिले यो परीक्षण सफल भएको हो । जसको माध्यमबाट हावा प्रतिरोध वा घर्षण को लागि विशेष प्रविधि बनाइन्छ । हाइपरलूपले सम्भावित रूपमा एयरलाइन वा हाइपरसोनिक वेगमा व्यक्ति वा वस्तुहरू बोक्न सक्छ ।

यो कार्यान्वयन भएपछि रेल र हवाईजहाजको यात्राको तुलनामा यात्रा समय कम गर्न सक्दछ । एलोन मस्कले सर्वप्रथम २०१२ मा सार्वजनिक रूपमा हाइपरलूपको उल्लेख गरेका थिए । उनको प्रारम्भिक अवधारणाले कम दबावको ट्यूबहरू समाहित गर्‍यो भने प्रेशर युक्त क्याप्सूल वायु भित्र मोटर्स राखिएको छिटो गतिको सवारी हुनसक्छ । यो उनको सोच थियो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post