कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

आइतवार नेपालमा थप ३,४७९ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृ'त्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल आईसीयूमा १,४४२ र भेन्टिलेटरमा ३८१ जना रहेका छन्।काठमाण्डूमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ गरी कुल ११३१ जना सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पीसीआर विधि र एन्टिजन विधिबाट १३,७३३ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

नेपालमा सरदर २८.९ प्रतिशत सङ्क्रमण दर रहेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,६३६ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ। अहिले विभिन्न स्थानमा ६,५१४ जना बिरामी संस्थागत आइसोलशनमा छन्।नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष सङ्क्रमित छन्। ४७ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post