नेपालमा मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोका कारण कैयौँ मानिस विस्थापित भएका छन् भने कैयौँले जीविकोपार्जनको माध्यम पनि गुमाएका छन्।
बाढीपहिरोबाट प्रभावितमध्येको जिल्ला मनाङमा पूर्वाधार निर्माणको काममा खटिएका मजदुरहरूले आफूहरू सदरमुकाम चामेमा अलपत्र परेको बताएका छन्।
पालभित्र बस्न पाए पनि ओढ्नेओछ्याउने केही नहुँदा थप पीडा भएको बताउँदै उनीहरूले घर फर्किने इच्छा व्यक्त गरेका छन्।
अर्को प्रभावित क्षेत्र सिन्धुपाल्चोकका पीडितले भने राहत वितरण प्रणालीप्रति गुनासो व्यक्त गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो रिपोर्ट।
