सुर्खेत जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएकाे छ ।
राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्ती शील गरिएको छ । बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको बताइएकाे छ ।
कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।
