गायक ढकालले नेपाली संक्रमितका लागि अमेरिकामा यति धेरै डलर जुटाए

काठमाडौं । गायक रामकृष्ण ढकालले नेपालका कोरोना संक्रमितहरुका लागि १५ हजार २ सय ८८ अमेरिकी डलर सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक ढकालले सोसल मिडिया फेसबुकमार्फत् कोरोना संक्रमित नेपालीका लागि १५ हजार २८८ डलर (करिब १८ लाख रुपैयाँ) सहयोग जुटाएको जानकारी गराएका हुन् ।


गायक ढकालले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भूजनिजबाट उक्त सहयोग रकम जुटाएको जानकारी दिएका छन् । गायक ढकालले भनेका छन्, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’

त्यस्तै, गायक ढकालले पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको पनि जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘पहिलो चरणमा जम्मा भएको १५,२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली) यस्तो विषम परिस्थितिमा पनि निस्वार्थ भावले सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायरमार्फत् जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’

यसका साथै गायक ढकालले अझै पनि केही मनकारी ब्यक्तिहरुबाट सहयोग रकम प्रदान गर्ने बचन आएको र उक्त रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जानकारी पनि गराएका छन् ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post