चीनले नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने घाेषणा

काठमाण्डाै – चीनले नेपाललाई १० लाख डाेज खाेप उपलब्ध गराउने घाेषणा गरेकाे छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएकाे टेलिफाेन वार्तामा चीनले नेपाललाई दश लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गरेकाे हाे ।


चिनियाँ राष्ट्रपति सी जिनपिङले टेलिफाेन वार्ताका क्रममा नेपाललाई १० लाख डाेज खाेप अनुदान सहायतामा उपलब्ध गराउने घाेषणा गर्नुभएकाे नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले जानकारी दिनुभएकाे छ ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने भएको हो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।

यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।
Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post