कोरोना अपडेट : लगातार दोस्रो दिन पनि निको हुनेको संख्या बढ्यो

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । विगत २४ घन्टामा झन्डै २१,००० जनाको PCR र एन्टीजेन्ट परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको बिहिबार मन्त्रालयले जनाएको छ। 
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post