होसियार यी ५ सपना झुक्किएर पनि कसैलाई नभन्नुहोस्

काठमाडौ । हाम्रो जन्म कसरी भयो त भन्ने सत्यतामा एकछिन सोच्ने हो भने पक्कै सृष्टिकर्ताको खोजीमा घोत्लिन्छौ । तर यो अहिलेसम्मको अनुत्तरित प्रश्न हो । यसमा धेरै नजाऔँ । तर हामी केही कुरामा विश्वास गर्न बाध्य छौ ती कुराहरुको बारेमा केही उल्लेख गरौँ । सपना धेरै मानिसले देख्छन् । निधाएको बेला फिल्मजस्तै आउँनु र स्म रणमा रहनुलाई सपना भनिन्छ


कहिले कल्पना गरेका कुरा देखिन्छ त कहिले कल्पना भन्दा बाहिरका कुरा देखिन्छ । अब ती कस्ता सपना चै अति नै महत्वका हुन्छन् कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो अति महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् । कतिले त बिहान उठ्दा के सपना देखिको त्यो पनि बिर्सन्छन् । सपना बिर्सिएमापनि त्यसको कुनै प्रभाव पर्दैन । तर बिर्सिन्छु भनिएका सपना चाहेरपनि बिर्सिन सकिन्न ।

सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ । तर हरेक केही सपना कल्पना गरेभन्दापनि फरक पाइन्छ । सपनाको आ–आफ्नै महत्व रहेको हुन्छ । त्यही भएर सबै सपना अरुलाई भन्नु हुँदैन भन्छन् ज्योतीष शास्त्रीहरु ।

ज्योतीष शास्त्रीहरुका अनुसार यी पाँच वटा सपना देखे अहरुलाई भन्नै हुँदैन । यो सपनाले तपाई हाम्रो जिवनमा नै परिर्वतन ल्याउन सहयोग गर्छ । अरुलाई भन्यो भने सपनाको फल मिल्दैन भन्ने ज्योतिष शास्त्रमा भनिएको छ ।

१, बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देखेमा : बलेको दियो हाम्रो हिन्दु सस्ंकारमा शुभ मानिन्छ । यदि यस्तो सपना देख्नुभो भने तपाईलाई चारै तिरबाट अवसर नै अवसर प्राप्त हुन्छ । यो सपना कसैलाई भन्नु हुँदैन । किनकी त्यो ज्योतिमा देखिनुभएका भगवान तपाईका्े भाग्य उदयका लागि प्रकट हुनुभएको हो । यो सपना जो कोहीले देख्नै सक्दैन । क्रिपया भुलेर वा झुक्किएरपनि यो सपना कसैलाई नभन्नुहोला ।

२, सानो माछा देख्नु भएमा : यदि सपनामा साना माछा पकाएको वा खाएको सपना देख्नु भो भने यस्तो सपनाले तपाईलाई आकस्मिक लाभ प्राप्त हुन्छ । माछालाई देवताका प्रतिक पनि मानिन्छ । मान्नुस् कि तपाईमा भगवानको कृपा सुरु भयो । भाग्यको खेल अब सुरु भएको छ । सपकना नभनि मेहनत गर्न थाल्नुहोस् । अब भाग्य जगमगाउनेछ ।

३, फलफुल भएको हरभरा बगैंचा देखेमा : आफ्नो घरवरिपरि वा कतै कुनै वृक्षमा फल लागेको सपना देख्नु भयो भने यसले तपाईले जिवनमा चाहेको सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ । यो सपनाले तपाईको मनोकांक्षा पूरा गर्ने लक्षण देखाएको छ । सुद्ध मन राखि बिहानै उठेर भगवानको आराधाना गर्नुहोस् । आफुलाई मन पर्ने भगवानलाई जप्नुहोस् । यसले तपाईलाई लाभ दिनेछ ।

४ साँप वा नाग देख्नु भएमा : सपनामा साँप देखियो भने हामी नागको दोष भनेर नाग पुजा गर्छौ, तर यो एकदम राम्रो सपना हो । यस्तो सपना अरु कसैलाई भन्नु हुँदैन । सपनामा साँपले लखेटेको, वा क्षति गर्न खोजेको आदि देख्नुभयो भने तपाईलाई चाडै धन, मान —सम्मान प्राप्त हुन्छ । यो सपना गुपचुप राख्नुहोस् । धन र मान थाप्न तयार हुनुहोस् ।

५, सपनामा आफूलाई मृत अवस्थामा देखेमा : यस्तो सपना देखेमा यसले तपाईको जिवनमा भइरहेको सबै समस्या अन्त्य गरेर खुसी प्रदान गर्न सहयोग गर्दछ । आफन्त कोहीको मृत्यु भएको देख्नुभयो भने त उहाँको आयू बढेको मानिन्छ भने तपाई आफै त्यस्तो भएको देख्नुभयो भने यसले अब तपाईका सारा समस्या हराएर जानेछन्
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post