बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।

गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा अन्य ६ जना घाइते छन् ।

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको डीएसपी जोराले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post