मेक्सिकोमा सडक दुर्घटना, हुँदा २१ जनाको गयो ज्यान

मध्य मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले बताएअनुसार पुएब्ला राज्यमा कुआनोपालान र अुहाकुबिच रहेको राजमार्गमा बुधवार बिहान तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका थिए ।

१८ जनाले घटनास्थलमै ज्यान गुमाएको र बाँकीको अस्पतालमा मृत्यु भएको भनिएको छ । दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार ट्याङ्कर, बस र भ्यान जुधेका थिए ।

सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा यो दुर्घटना भएको बताइएको छहालैका वर्षमा मेक्सिकोका सडकमा भयानक दुर्घटना बढेका छन् । फेब्रुअरीमा दक्षिण मेक्सिकोको ताबास्कोमा बस पल्टिँदा दर्जनौँ मान्छेको मृत्यु भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post