जीप दुर्घटनामा परी ८ जनाको गयो ज्यान

कालीकोट, आइतबार – कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा आइतबार दिउँसो यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीका अनुसार २० जना यात्रु सवार बोलेरो जिप भिरबाट खसेको थियो। दुर्घटनामा ८ जनाले घटनास्थलमै ज्यान गुमाएका छन्।

जिपको नम्बर खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाको सूचना पाएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइसकेको जानकारी दिएका छन्। "हामी जाँदैछौं।

दुर्घटनाको सूचना आएको छ। थप विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ," उनले भने।दुर्घटनामा परेको जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै गरेको बताइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post