आज (बिहीवार) ह्वात्तै घट्यो सुन–चाँदीको मूल्य हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौं, बिहीबार। नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। हिजो मात्रै प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेको छ।

Gold Price

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको १ लाख ६८ हजार ५ सय रुपैयाँको तुलनामा घटेको हो।

विश्लेषकहरूले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयसँगै सुनको मूल्य घटेको बताएका छन्। ट्रम्पको जीतले अमेरिकी बजारमा मूल्यवृद्धि बढ्न सक्ने आँकलन गरिएको छ, जसका कारण बण्ड र डलरको भाउ बढ्न सक्छ। यसले लगानीकर्तालाई सुनभन्दा डलर र बण्डतर्फ आकर्षित गरेको छ, जसले सुनको फ्युचर मूल्य तीन प्रतिशतले घटाएको छ।

यता, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला २,०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १,९६० रुपैयाँमा किनबेच भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कमी देखाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २,६५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post