आजको राशिफल हेर्नुहोस्, कार्तिक २५ गते आइतबार

Aajako Rashifal

आज २०८१ कार्तिक २५ गते आइतबारको दैनिक राशिफल हेर्नुहोस्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पारिवारिक सहयोग मिल्नेछ। तर, पठनपाठनमा केही अलमल हुनसक्छ, धैर्य गर्न आवश्यक छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

काममा सफलताको योग छ र नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। स्वास्थ्यमा ध्यान दिनु राम्रो।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धन खर्च बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठा बढाउन केही समय दिनुपर्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वास बढ्नेछ र तपाईंसँगै अरूलाई पनि फाइदा हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यक्तिगत कार्यमा सफल हुनेछ, तर स्वास्थ्यका मामिलामा सजग रहनुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापारिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा राम्रो समय व्यतीत हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

चञ्चलता र छटपटीले केही समस्या निम्त्याउन सक्छ। कार्यक्षेत्रमा चनाखो रहनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आँटेको काम पुरा हुनेछ र व्यवसायमा फाइदा हुनेछ। साहित्यमा रुचि बढ्न सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

वैदेशिक काममा सफलता मिल्नेछ र शुभ समाचार सुन्न पाइनेछ। मनमा उमङ्ग रहनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

धनार्जनका अवसर आउन सक्छन्। मनोरञ्जनमा सहभागी हुन सकिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अप्ठ्यारा परिस्थितिहरू आउन सक्छन्, आफ्ना नजिकका व्यक्तिबाट समर्थन पाउन प्रयास गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रोकिएका कामहरू सम्पन्न हुनेछन्। मङ्गल कार्यको योजना पनि बन्न सक्छ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post