बन्चरो प्रहार गरी आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका छन्। प्रहरीका अनुसार श्रेष्ठले बिहीबार ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार, बन्चरोको प्रहारबाट गम्भीर घाइते भएकी प्रतिक्षालाई उपचारका लागि दमौली अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।

श्रीमतीको हत्या अभियोगमा ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, घटना घरायसी झगडाका कारण भएको बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post