मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गयो

प्युठान, ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा तीन महिनाको शिशुको मृत्यु भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा मल्लरानी गाउँपालिका–५ धुदीका सुजल भण्डारीको छोरा श्रीजल भण्डारीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीका अनुसार, शिशुलाई ४५ वर्षीया हजुरआमा नारायणी कुँवरले बोकेकी थिइन्। ठक्करपछि शिशु खस्न गई घाइते भए। घाइते शिशुको जिल्ला अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटाका २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post