मोटर साइकल दुर्घटनामा परी एक जनाको गयो ज्यान

झापा, गौरीगञ्ज— झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार, हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा गए राति दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा चालक रोशन मगरको मृत्यु भएको डिएसपी चन्दले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post