आफन्तले बुझेर यसरी गरे सामूहिक अन्त्येष्टि भूकम्पमा ज्यान गुमाएका १५७ जनाकै शव


भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तले बुझेका छन्।शुक्रबार राति ११:४७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको हो।

जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।सबै मृतकको शव आफन्तले बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ।

यस्तै भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्। १४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्। जाजरकोटमा घाइते भएका ६० जना विभिन्न अस्पतालमा उपचाररत छन्। यस्तै रूकुम पश्चिममा ४५ जना घाइते छन्। कतिपय घाइतेहरूलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्‍टरमार्फत काठमाडौं ल्याइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post