बन्द कोठाभित्र दाजुभाइ मृत अवस्थामा फेला

दाङको तुलसीपुरमा बन्द कोठाभित्र सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भई तुलसीपुर– ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बेलुकी ६ बजेतिर उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको बताए। गएर हेर्दा दाजुभाइ एउटै कोठाका दुई खाटमा मृत अवस्थामा फेला परेको उनले जानकारी दिए।

शव गनाउन थालिसकेकाले करिब दुई दिनअगाडि नै दाजुभाइको मृत्यु भएको अनुमान गर्न सकिन्छ,’ डिएसपी पोखरेलले भने, ‘मृतकका आफन्तले आफूहरू नआउँदासम्म ढोका नखोल्नु भनेकाले ढोका खोलिएको छैन।

मृतकमध्ये टेकबहादुरकी श्रीमती रूकुम पश्चिमस्थित माइती गएको बताएकी छन्। त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न उनले आग्रह गरेकाले प्रहरीले बाहिरबाटै सुरक्षा दिएको डिएसपी पोखरेलले जानकारी दिए।

दाजुभाइ बस्दै आएको घरमा घरबेटी बस्दैन थिए। तुलसीपुर बजारदेखि नजिकै रहेको डोक्रेनाका बस्नेत दाजुभाइ के उद्देश्यले र कहिलेदेखि त्यहाँ बस्दै आएका थिए भन्ने समेत खुलिनसकेको डिएसपी पोखरेलले बताए।

मुख्य गेटदेखि पछाडि निस्किने गेट सबै बन्द अवस्थामा छ,’ उनले भने, ‘एउटा ग्रिलको झ्यालबाट हेर्दा दाजुभाइ मरेको अवस्थामा सहजै देख्न सकिन्छ।

घरबेटी यमबहादुर डाँगीका अन्दाजी १२ वर्षीय छोरा सोमबार बेलुकी ६ बजेतिर घरमा पुग्दा सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेर प्रहरीलाई त्यसबारे सूचना दिएका थिप्रारम्भिक रूपमा दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका भएको एक प्रहरीले बताए।

मृतक दाजुभाइ रोजगारीका सिलसिलामा भारत आउजाउ गर्ने गरेको स्थानीयले बताएका छन्।ए।स्रोतका अनुसार केही वर्षपहिले उनीहरूका जेठा दाजुले पनि विष सेवन गरी आत्महत्या गरेका थिए। उनीहरूका माइला दाजु भने रोजगारीका सिलसिलामा विदेशमा रहेको स्थानीयले बताएका छन्।

पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सन्तान हुन्। पूर्ण भारतबाट केही समयपहिले मात्रै घर फर्किएका थिए। कान्छा टेकबहादुर पनि झन्डै ७ महिनाअघि विदेशबाट घर फर्किएको स्थानीयले बताएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post