यि बारमा बिर्सेर पनि नलिनुहोस् ऋण हुनेछ यस्तो नो’क्सानी

ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध ।

त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ । यसै कारणले गर्दा बार अनुसार मिल्ने फल पनि फरक हुन्छ। ज्योतिष शास्त्रको भनाई मान्ने हो भने ऋण लिनको पनि हप्ताका सबै दिन शुभ हुँदैनन्। ऋण लिन र दिनको लागि कुन बार कति शुभ ?

हेर्नुहोस् !

आइतबार : आइतबार हप्ताको पहिलो दिन हो। यस दिन सूर्यको प्रभाव अत्याधिक रहने मान्यता रहेको छ। यस दिन ऋण लिन मात्र नभई दिन पनि अशुभ हुने ज्योतिषशास्त्रको भनाई छ।सोमबार: सोमबारको दिन विशेषतः चन्द्रको अधिक प्रभाव रहन्छ। सोमबार भगवान शिवको आराधना पनि गरिन्छ। कर्जा बारे चर्चा गर्नुपर्दा सोमबार कर्जा लिन र दिन धेरै नै शुभ मानिन्छ।

मंगलबार: मंगलबार मंगल ग्रहको अत्याधिक प्रभाव हुने दिन हो। यस दिन भगवान गणेशको समेत आराधना गर्ने चलन छ। यस दिन ऋण लिने र दिने दुवै कार्य गर्न हुंदैन। यस दिन ऋण तिर्दा भने लाभ मिल्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।

बुधबार : बुधको अधिपत्य भएको दिन हो बुधबार। बुधबार सकेसम्म ऋण लिन हुँदैन। यस दिन ऋण दिन पनि खासै शुभ रहँदैन।बिहिबार : बिहिबार वृहस्पतिको बढी नै प्रभाव रहने दिन हो। यस दिन ऋण दिन नहुने ज्योतिष शास्त्रको दावी छ। तर यस दिन ऋण लिनको लागि भने धेरै शुभ हुन्छ।

शुक्रबार : शुक्र ग्रहको प्रभाव अत्याधिक रहने भएको हुँदा यस दिनलाई शुक्रबार भनिएको हो । कर्जा लिन मात्र नभई दिन पनि यस दिन धेरै शुभ हुने ज्योतिष शास्त्र बताउँछ । शनिबार : शनि ग्रहको प्रभाव रहने यस दिन ऋण लिन र दिन हुँदैन। यस दिन लिएको ऋण तिर्न धेरै गार्हो हुने ज्योतिषीहरु बताउँछन्। यस्तै शनिबार अरुलाई कर्जा दिँदा नउठ्ने स’म्भा’वना रहन्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post