मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका–६ को नवलपुर भित्री सडकखण्डमा आइतबार राति पौने ९ बजे सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय तारा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नयाव उपरीक्षक कुलदिप चन्दका अनुसार दुर्घटनामा परेर टाउक र खुट्टामा चोट लागेर चालक गंम्भीर घाइते भएका थिए।

उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो।उपचारका क्रममा राति नै चौधरीको मृत्यु भएको खबर प्राप्त भएको डिएसपी चन्दले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post