बझाङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला

बझाङमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको बुङ्गल नगरपालिका(५ पौटास्थित कालङ्गा हाइड्रोपावरको पानी जाने मुल नहरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

पौटास्थित कालङ्गा हाइड्रोपावरको पानी जाने मुल नहरमा अन्दाजी ४५ वर्षिया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post