कालिकोटमा जीप दुर्घटना, ३ खेलाडी घाइते


शुभकालिका- ४ ठाना सिमतलीमा शुक्रबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ३ जना खेलाडी घाइते भएका छन् ।तिलागुफा नगरपालिकाको फोइ महादेवमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागी भएर घर फर्किँदै गरेका खेलाडी दुर्घटनामा परेको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले जानकारी दिइन् ।मान्मबाट शुभकालिका जाँदै गरेको बा १४ च ८८९९ नम्बरको बोलेरो जीपको ब्रेक फेल भएर सडकबाट खस्दा शुकालिका ६ हाउडीका १७ वर्षीय बसन्त शाही, सोही ठाउाका सुमन शाही र १८ वर्षीय प्रकाश शाही घाइते भएका छन् ।

घाइतेमध्ये बसन्तको छाती र बाया हातमा चोट लागेको छ भने अन्यको हात खुटामा चोट लागेको छ । घाइतेलाई सुकाटीया स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मान्म ल्याइएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । जीप चालक तिलागुफा-१ भिग्मका पदम बुढा फरार छन् । ५ जनाको सिट भएको बोलेरमा १२ जना चढेको स्थानीयले बताए । जीप सडकबाट ३० मिटर तल खसेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post