बस दुर्घटना : एक जनाको मृत्यु, ३५ घाइते

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ स्थित घाँसीकुवामा बुधबार बिहा करिब ६ वजे बस दुर्घटना भएको छ । काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

बस सडकबाट अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा पठाइएको छ ।


Post a Comment

Previous Post Next Post