हाई ब्लड प्रेसरमा कुनकुन फलफुल खाने ?


हाई ब्लड प्रेसर अर्थात उच्च रक्तचापबाट पीडितहरूले खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानपान ध्यान दिए स्वास्थ्य प्रतिकूल हुनबाट जोगाउँछ। तपाईको आहारमा यी पाँच फलफूल समावेश गरे उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ।

किवी : किवी रक्तचापका बिरामीका लागि निकै फाइदाजनक फल हो। किवीमा पाइने म्याग्नेसियम र पोटासियमले उच्च रक्तचापको समस्यालाई कम गर्न मद्दत गर्छ। साथै‚ यसको सेवनले हृदयाघात, स्ट्रोकको जोखिम कम हुन्छ। रक्तचापका रोगीले यसबाट बनेको जुस दैनिक सेवन गर्नु फलदी हुन्छ।

तरबुजा : तरबुजामा पाइने एमिनो एसिड, पोटासियम, भिटामिन सी, भिटामिन ए, लाइकोपिनजस्ता तत्वले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ। यसबाहेक यस फलमा पाइने पोटासियमले व्यायाम गर्दा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

आँप : फलफूलको राजा भनिने आँप खानमा स्वादिलो मात्र नभई स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ। आँपमा पाइने फाइबर र बिटा क्यारोटिनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

स्ट्रबेरी : स्ट्रबेरीमा एन्टिअक्सिडेन्ट, भिटामिन सी र ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यस्तै‚ यो फलमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

केरा : पोटासियमले उच्च रक्तचाप नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ। केरा पोटासियम, ओमेगा-३ फ्याटी एसिडको उत्तम स्रोत हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post