रक्सी पारेको कटमा डुबेर १८ महिने बालकको गयो ज्यान


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक बालकको रक्सि पारेर राखेको जाँडको कटमा डुबेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका -२ घर भएका तिङदोका लाक्पा नोर्बु शेर्पाका १८ महिने छोरा ङिमा दोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।

मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएकि थिइन। सोही समयमा बच्चा खेल्ने क्रममा कटमा डुबि बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीलाई जानकारी भए पश्चात् सिंवा प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। शबलाई जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरि आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post