ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका ५ जनाको गयो ज्यान


रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले रातोपाटीलाई जानकारी दिए । धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स–परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ ।मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा त्यहीँ थिए ।

धमलाका अनुसार सुस्मिताको एक महिना अगाडि मात्रै बिहे भएको थियो । सुस्मिताका श्रीमान पनि भारतमै छन् । यता चौकुनेमा भने बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमला बताउँछन् ।वडाध्यक्ष धमलाका अनुसार रतनले चलाएको बाइकलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

रतनको परिवार सबै एउटै बाइकमा सवार थिए भन्ने कुरा मैले परिवारबाट बुझेँ,’ धमलाले रातोपाटीसँग भने, ‘अस्पताल र कोठा नजिक पनि भएर होला तीन जना ठुलो र साना बालक सबै एकै ठाउँमा बसेको भन्ने बुझियो ।’त्यहाँ रहेका नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका छन् । यता वडाध्यक्ष धमलाले भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको बताए ।

‘हाम्रो लागि निकै दुःखदायी घटना हो, हामीले परिवारलाई सहयोग होस् भनेर आज वडाको बैठक बसेर किरिया खर्च उपलब्ध गराउने निर्णय गरेका हौँ,’ उनले भने ।त्यहाँ रहेका नेपाली समुदायले घटनाको अनुसन्धानका लागि माग गरिरहेका छन् ।

यता वडाध्यक्ष धमलाले भने मृतकका परिवारको किरिया खर्च भनेर २० हजार सहयोग गर्ने निर्णय गरिएको बताए । ‘हाम्रो लागि निकै दुःखदायी घटना हो, हामीले परिवारलाई सहयोग होस् भनेर आज वडाको बैठक बसेर किरिया खर्च उपलब्ध गराउने निर्णय गरेका हौँ,’ उनले भने ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post