साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि....


बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडे ।

जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए ।पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने प्रयास बिहान १०ः३० बजे शुरु भएर मध्यान्ह १ बजेतिर सकिएको थियो । १ हजार २५४ वटा बियर खाने समूहले अनुमान गरेको भन्दा एक घण्टा बढी लाग्यो । १२ बजेसम्ममा १ हजार २०० वटा बियर भ्याइसक्नेमा समूह विश्वस्त थियो । सो समूहका एक सदस्यले एक घण्टामा कम्तीमा पनि १० वटा बियर खान भ्याए । साढे २ घण्टाको अवधिमा औसतमा २२ वटा बियर खाएका थिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post