जंगलमा यस्तो अवस्थामा फेला पर्यो प्रहरी जवानको शव

जंगलमा मृत अवस्थामा फेला परेका व्यक्ति सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ।घोराही उपमहानगरपालिका–७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको शव बिहीबार बेलुकी जंगलमा फेला परेको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनी सशस्त्र प्रहरीका जवान हुन्।कलिवस्तुमा कार्यरत चौधरी कात्तिक २१ गते घर बिदामा आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लले बताए।

बुधबार बिहान स्थानीय महिलासँग जंगलमा मालुको पात टिप्न गएका बखत उनको रूखबाट लडेर मृत्यु भएको भन्ने सूचना बेलुका साढे ४ बजेतिर प्रहरीलाई दिइएको थियो।

सूचना पछ्याउँदै पुगेको प्रहरीले चौधरीलाई उद्धार गरि बेलुका ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। तर, चिकित्सकले तत्कालै उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी अधिकारीका अनुसार रूखबाट लडेर मृत्यु भएको भनिए पनि चौधरीको छातीमा बन्दुकको छर्रा लागेजस्तो घाउहरू रहेको प्रहरीले बताएको छ।

पोष्टमार्टम रिपोर्टपछि घटनाबारे विस्तृत थाहा हुने एसपी केसीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

सँगै पात टिप्न गएका महिलाहरूलाई सोधपुछ गर्दा आफूहरूले बन्दुक पड्केको आवाज सुने पनि थप कुरा केही थाहा नपाएको भन्ने बयान प्रहरी समक्ष गरेको एसपी केसीले बताए।

सँगै गएका महिलाहरूले हामीभन्दा मृतक चौधरी केही पर थिए भन्ने कुरा गर्दै आउनु भएको छ,’ एसपी केसीले भने ‘त्योभन्दा बढी उहाँहरू बोल्दै बोल्नु हुन्न।’


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post