बोरामा भेटिएका शव पहिचान गर्न प्रहरीलाई हम्मे, ६ दिनसम्म भेटिएन कुनै सुराक


चितवनको भरतपुरमा गत बुधबार भेटिएको दुई जनाको शवको पहिचान गर्न प्रहरीलाई हम्मे भएको छ।

बुधबार दिउँसो १२ बजेतिर भरतपुर–१२ स्थित केरूंगा घोलको कलभर्टमुनि बोराभित्र राखिएको अवस्थामा दुइटा शव फेला परेका थिए।

माछा मार्न गएका व्यक्तिले दुर्गन्ध आएपछि दुइटा बोरामा शंकास्पद वस्तु भेटिएको खबर प्रहरीलाई गरेका थिए। लगत्तै घटनास्थलमा पुगेको प्रहरीले बोराभित्र महिला र पुरूषको शव फेला पारेको थियो।

दुवै शवमा हातखुट्टा बाँधिएको, मुखमा पट्टी बाँधिएको थियो।शव फेला परेको ६ दिनसम्ममा पनि प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितले मृतकहरूको फोटोसहित ७७ वटै जिल्लामा पत्राचार गरिएको बताए। उनले मृतक भारतीय पनि हुन सक्ने भएकाले भारतका सुरक्षा निकायहरूलाई पनि यस विषयमा जानकारी गराएको बताए।

मान्छे हराएको भनेर उजुरी परेका सबैसँग जुधाएर हेर्‍यौं। शंकास्पद धेरै व्यक्तिहरूसँग सोधपुछ गरियो तर अहिलेसम्म कुनै क्लु फेला पर्न सकेको छैन,' डिएसपी पंडितले भने, 'मृतकको पहिचान गर्ने, सनाखत गर्ने विषयमा हामी विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं।'छुट्टाछुट्टै टोली बनाएर प्राविधिक, स्थलगत अनुसन्धान भइरहेको उनले बताए।

प्रहरीले केही दिनअघि मृतकले लगाएका कपडा र गहनाहरू फेसबुकमार्फत सार्वजनिक गरेको थियोमान्छेको अनुहार हेर्दा तराई मूलका हुन् कि जस्तो देखिन्छ। सीमा पारिका पनि हुन सक्ने देखिन्छ। त्यसैले नेपालका सबै प्रहरी निकाय र भारतका सुरक्षा निकायसँग समन्वय गरेका छौं।

डिएसपी पंडितले भने।शव भेटिएकै दिन गरिएको पोस्टमर्टममा मृत्यु ४८ घन्टा पहिले भएको र मृतकको उमेर १८ वर्षभन्दा बढी भएको देखिएको थियो।

प्रहरीले मृतकको कपाल र दाँतको पनि परीक्षण गरिरहेको छ।वरपरका सिसिटिभी क्यामरा, शव भेटिनुभन्दा अघि भारतबाट नेपाल प्रवेश गरेका, चितवन प्रवेश गरेका गाडीहरूमा निगरानी गरिरहेको प्रहरी अधिकारीहरूले बताए

हामी मृतकको पहिचान गर्न हरेक तरहले प्रयास गरिरहेका छौं। आफ्ना मान्छे हराइरहेकाहरूले हामीलाई जानकारी गराइदिनुभयो भने अनुसन्धानमा अझै सहज हुन्छ,' डिएसपी पंडितले भने।

उनले आफ्ना मान्छे हराएको वा घटनासँग सम्बन्धित कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालयको आधिकारिक मोबाइल नम्बर ९८५५०९०१३३ मा फोन गरेर खबर गर्न आग्रह गरे।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post