हृदयाघातका कारण ३५ वर्षमै बितिन् दक्षिण अभिनेत्री प्रिया

दक्षिण भारतीय अभिनेत्री प्रियाको निधन भएको छ।बुधबार ३५ वर्षिय प्रियाको हृदयाघातका कारण निधन भएको हो। उनी ८ महिनाकी गर्भवती थिइन्। उनी लगातार चेक जाँचको लागि अस्पताल जान्थिन्। अहिले उनको बच्चालाई आइसियुमा राखिएको छ।

अभिनेता किशोर सत्यले आफ्नो सामाजिक सञ्जालमार्फत प्रियाको निधन भएको जानकारी दिएका हुन्। 'मलयालम टेलिभिजन क्षेत्रमा एक अप्रत्याशित मृत्यु। प्रियाको हिजो हृदयघातका कारण निधन भएको छ। उनी ८ महिनाकी गर्भवती थिइन्। बच्चा आइसियुमा राखिएको छ।

उनलाई अन्य स्वास्थ्य समस्याहरू थिएन,' उनले लेखेका छन्।प्रियाले मलयालम फिल्मसँगै टेलिशृंखलामा पनि अभिनय गरेकी छन्। उनी पेशाले डाक्टर हुन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post