ट्यांकरको ठक्करबाट किशोरीको गयो ज्यान

बाँकेको नेपालगन्जमा ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका धम्बोझी चोक नजिकै आइतबार साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा नेपालगन्ज–१७ की १७ वर्षीया किशोरी सालीनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बुवा दिलीपकुमार पाठकको चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको अस्पताल पुर्‍या लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएका मोटरसाइकल चालक दिलीप भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post