९१ वर्षकी काकीसँग बिहे गरेको दाबी गर्दै २३ वर्षीय युवकले यस्तो माग गरे पछि ...


आमरुपमा बिहेका लागि उमेर सुहाउँदो जोडी खोजिन्छ । तर, दुनियाँमा उमेरमा आकाश पातलको अन्तर भएका विवाहित जोडी पनि छन् । यस्तै घटना अर्जेन्टिनामा भएको छ । त्यहाँ एकजना २३ वर्षीय युवकले ९१ वर्षकी वृद्धासँग बिहे गरेको घटना सार्वजनिक भएको छ ।

पेशाले वकिल रहेका मरिसिओले आफ्नी मृतक काकी योलान्डा टोरिसको पेन्सनमा दाबी गर्दै मुद्दा हालेका छन्आफूले सन् २०१५ को फेब्रुअरीमा आफ्नी ९१ वर्षीया काकी योलान्डासँग बिहे गरेको उनको दाबी छ । योलान्डाको मृत्यु सन् २०१६ को अप्रिलमा भएको थियो । त्यसैले आफ्नी मृतक पत्नीको पेन्सनको हकदार भएको जिकिर उनले गरेका छन् ।तर छानबिनका क्रममा मरिसियोका छिमेकीहरुले उनको बिहेको दाबी गलत भएको बताएपछि प्रशासनले उनको पेन्सनको दाबी खारेज गरिदिएको छ ।

अर्जेन्टिनाको उत्तर पश्चिमस्थित साल्टा सहरका बासिन्दा रहेका मरिसियो सन् २००९ मा आफ्ना बुवाआमाको डिभोर्स भएसँगै आमा, बहिनी, हजुरआमा र ठूली काकीसँगै बस्दै आएका थिए । सन् २०१६ मा उनकी काकी योलान्डाको मृत्यु भएपछि उनले काकीको पेन्सन पट्टा आफ्नो नाममा दर्ता गराउने कोसिस सुरु गरे । जसका लागि उनले काकीसँग आफ्नो एक वर्षअघि बिहे भएको झुटो दाबी प्रशासनमा पेस गरे ।

उनको दाबीमा शंका लागेपछि प्रशासनले छानबिन सुरु गर्‍यो र उनका छिमेकीलगायतसँग जानकारी लियो । जसमा छिमेकहीहरुले मरिसियो र योलान्डाबीच बिहे नभएको बताए । त्यसपछि प्रशासनले उनको दाबी खारेज गरिदियो 

।उनको दाबीमा शंका लागेपछि प्रशासनले छानबिन सुरु गर्‍यो र उनका छिमेकीलगायतसँग जानकारी लियो । जसमा छिमेकहीहरुले मरिसियो र योलान्डाबीच बिहे नभएको बताए । त्यसपछि प्रशासनले उनको दाबी खारेज गरिदियो ।

तर मरिसियो यत्तिमा रोकिनेवाला छैनन् । काकीसँग आफूले बिहे गरेको हुँदा आफ्नो नाममा पेन्सन सार्नका लागि सर्वोच्च अदालतसम्मै पुग्ने उनको भनाइ छ ।स्थानीय एक पत्रिकासँग उनले भनेका छन्, ‘योलान्डा मेरो जीवनमा निकै ठूलो सहारा थिइन् र मसँग बिहे गर्ने उनको अन्तिम इच्छा थियो ।

मैले योलान्डालाई हृदयदेखि नै प्रेम गर्थें । उनको मृत्युको पीडा मलाई जीवनभर हुनेछ ।’पेन्सनका लागि आफूले सबै आवश्यक कागजात बुझाएको भए पनि प्रशासनले पेन्सन दिनमा समस्या खडा गरिरहेको उनको भनाइ छ ।

पत्नी दाबी गरेको काकीका बारेमा बताउँदै उनी भन्छन्, ‘योलान्डाको उमेर भलै ९० वर्षभन्दा धेरै थियो तर उनको मन निकै जवान थियो । हाम्रो बिहेमा कुनै पनि कानूनी समस्या नहोस् भन्ने उनको चाहना थियो । योलान्डाले मेरो कानून विषयको पढाइ खर्चमा सहयोग गर्ने बताएपछि हामीले बिहे गर्ने निधो गरेका थियौं । जबकि बुवा आमा छुटि्टएपछि मैले पढाइ छाड्न चाहेको थिएँ ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post