डोटीमा जीप दुर्घटना हुँदा चार जनाको गयो ज्यान

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवासवले जानकारी दिए। उनका अनुसार ८ महिनाको बच्चसहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन।

जिप खोलामा रहेको र उद्दारमा कठिनाइ भएको उनले बताए।दुर्घटना ६ जना घाइते भएका छन्। उनीहरूको डोटीकै शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनले बताए। मृतकको सनाखत हुन बाँकी छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post