आफ्नै छोराले गरे बाबुको हत्या

बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।यसैगरी धानको भुस केलाउने क्रममा करेन्ट लागेर घाइते भएकी भजनी नगरपालिका—२ पल्टिपुर गाउँका १३ वर्षीया सुष्मा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएकी मृतककी आमा ४१ वर्षीया प्रेमी डगौराको भजनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पंखाको सहायताले धानको भुस केलाउने क्रममा पंखाको तारबाट विद्युत् प्रवाह हुन गई दुवै जनालाई करेन्ट लागेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post