गोली हानी हत्या गरिएका सर्राफको यसरी गरियो अन्त्येष्टि


गोली प्रहारबाट सोमवार दिउँसो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । पसाहा खोलमा मृतकको अन्तिम संस्कार गरिएको परिवारजनले जनाएको छ । उनलाई जेठो छोराले दागबत्ती दिएको थिए ।

विद्यालय सञ्चालक समेत रहेका सर्राफलाई एनप्याब्ससनले संस्थाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियोमृतक सर्राफको २ छोरा, श्रीमती छन् । स्व सर्राफलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेका थिए ।

कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका व्यक्तिहरू, नागरिक अगुवा, निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू, परिवारजन, पत्रकार, सुरक्षाकर्मी लगायतकाले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका थिए ।

स्व.सर्राफको कलैया उपमहानगरपालिका, शिक्षकहरु पेशशागत हकहितका लागि गठन भएका विभिन्न संघसंगठनहरुले घटनाको निन्दा एवम् भर्त्सना गर्दै विज्ञप्ति मार्फत शोक मनाउने निर्णय गरेका छन् ।यता बारा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गरेका छन् ।

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्नुले जिल्लाबासीमा त्रासको वातावरण छाएको बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए ।

यता प्रेम सम्बन्धका कारण नै सर्राफको गोली प्रहार गरी हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । यसअघि साउन २८ गते पनि कलैयाको एक होटेलमा सर्राफको हत्याको प्रयास भएपनि त्यतिबेला बाँच्न सफल भएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

घटनामा संलग्न १ युवती सहित ३ जना नेपाली र ३ जना भारतीयलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ । सो घटनामा अन्य थप दुई जनाको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेकोस्व.सर्राफको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post