सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता, प्रतितोला मूल्य कति?

सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ र सोमबार प्रतितोला एक सय रुपैयाँ गरी छ दिनमा सुनको भाउ प्रतितोला चार हजार तीन सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post