हार्दिक श्रद्धाञ्जली कठै गोठमा सुत्केरी भएकी महिलाको यसरी भयो दुःखद निधन

गोठमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावले मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरागाउँ छापाखानीकी ३२ वर्षीया रीता रोका छिन् । उपचारका लागि स्वास्थ्य चौकी लैजाँदा उनको बाटैमा मृत्यु भएको हो ।

गत मंगलबार राती ९ बजे गोठमा सुत्केरी भएर छोरीलाई जन्म दिएकी रोकाको रक्तश्राव रोकिएन । परिवारका सदस्यले छिमेकीलाई खबर गरे । रक्तश्राव रोक्न कुनै उपाय नलागेपछि एक घण्टा परकी महिला स्वास्थ्य स्वयंसेविकालाई बोलाइयो । उनले तत्काल स्वास्थ्य संस्थामा लैजान पहल गरेकी थिइन् । 

रातको साढे २ बजे बोहोरागाउँ स्वास्थ्य चौकी पुर्‍याउँदा रोकाको स्वास्थ्य जटिल भइसकेको थियो ।स्वास्थ्य चौकी इन्चार्ज कसिन्द्र शाहीले रक्तचाप र पल्स समेत नदेखेपछि आफैंले बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । बिहान साढे ४ बजे केन्द्र पुग्दा रोकाको मृत्यु भइसकेको थियो ।

यसअघि ७ पटकसम्म स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराएकी रोकालाई स्वास्थ्यकर्मीले साता दिनअघि नै सुविधासम्पन्न अस्पतालमा जान सुझाएका थिए ।

हाम्रो स्वास्थ्य चौकीमा दुईवटा वेटिङ रुम छन्, यहीँ आएको भए पनि तत्काल रक्तश्राव रोक्न सकिन्थ्यो‚’ शाहीले भने, ‘धेरैपटक सल्लाह दिए पनि उहाँ सुत्केरी हुन गोठमै बस्नुभएछ ।’ परिवारबाट राम्रो सहयोग नपाएकी उनको एक महिना अघि ५ वर्षीय छोराको भीरबाट लडेर मृत्यु भएको थियो । छोराको पीरले उनी एक महिनादेखि उनले स्वास्थ्य संस्था जान छाडेको आफन्तले बताए ।

यसअघि उनले दुइ सन्तानको जन्म दिएकी थिइन् ।एक महिनाअघि असोज ७ मा उनी स्वास्थ्य संस्थामा भिडियो एक्सरेका लागि पुगेकी थिइन् । त्यतिबेला पनि स्वास्थ्यकर्मीले बुटवल वा पोखरा जान सुझाव दिएका थिए । 

‘हामीले नो होम डेलिभरी भनेर अभियान चलायौं, तर घरमा सुत्केरी हुने क्रम घटेन‚’ शाहीले भने, ‘यो दु:खद घटना भयो ।’ गत असोज र भदौमा पनि एक/दुई जना घरमै सुत्केरी भएको तथ्यांक उनले सुनाए । बोहोरागाउँ स्वास्थ्यचौकीदेखि रोकाको घर तीन घण्टा पैदल दुरीमा पर्छ ।

शिशु जन्मेपछि रक्तश्राव भएको र साल नझरेकाले मात्र परिवारका सदस्यले मद्दतका लागि छिमेकी बोलाएका थिए ।यो घटनालाई स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले दु:खद भएको बताए । ‘समयमा अस्पतालमा आएको भएपनि यो घटना हुन्थेन, बेथा लागेपछि थाहा पाए पनि हेलिकोप्टरबाट उद्धार हुन्थ्यो ।

रोकाका परिवारले जानकारी नदिंदा घटना भएको उनले बताए ।रोकाको पति मजदुरी गर्छन् । आर्थिक अभावले रोका अस्पताल जान नसकेको समेत छिमेकीले बताए । नि:शुल्क खानेबस्ने व्यवस्थासहित उपचार हुने व्यवस्था बारे आमा समूहमा नियमित जानकारी दिंदा पनि घरघरमा सन्देश नपुगेको शाहीको भनाइ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post