खर काट्ने क्रममा भिरबाट लडेर महिलाकाे ज्यान गयाे

दार्चुलाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको ज्यान गएको छ ।

आज शुक्रवार दिउँसाे खर काट्ने क्रममा लडेर नाैगाड–१ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते हुनुभएकाे थियाे । उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

मृतक ठगुन्नाका श्रीमान्, दुई छाेरा र दुई छाेरी छन् । उहाँका छाेरीहरू कक्षा ५ र ३ तथा छाेराहरू कक्षा २ र १ मा अध्ययनरत छन् ।

अहिले दार्चुलामा खर काट्ने चटारो छ । घाँस काट्ने क्रममा भिरबाट लडेर बर्सेनि स्थानीयले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

  1. पहाडी जनजिवन यस्तै हो गाईभैंसी पाल्नैपरने हुन्छ पहाडमा गाईभैंसी नपालौभने हुदैन मलको लागि पनि पाल्नुपर्ने हुन्छ समथरमा घास पाईदैन भिडमा जानुपर्ने हुन्छ भावपूर्ण हार्दिक श्रद्धाञ्जली

    ReplyDelete
Previous Post Next Post