हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालीका ५ स्थित राजपैडा जंगलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घाँस लिन जंगल गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो ।  हात्तीको आक्रमणबाट मृत्य हुनेमा चन्द्रपुर ५ राजगपैडा गाउँकी ५५ वर्षीया मनियादेवी कुमर रहेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

शनिबार साँझ हात्तीको आक्रणमा परेकी कुमरको शव आइतबार बिहान सुरक्षाकर्मीको टोलीले फेला पारेको हो ।


शनिबार दिउँसो गाउबाट पूर्वको जंगलमा घाँस लिन गएको बेला तीनजना महिला हात्तीको आक्रमणमा परेका थिए । आक्रमणमा परी कुमरसँगै घाँस लिन गएका ५४ वर्षीया अघनिया देवीको बाँया हातमा चोट लागेको छ । अर्की ६५ वर्षीया पनावतीकुमारी चौधरीको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै सुरक्षाकर्मी र वनको टोली महिलालाई खोज्न जंगल गएको थियो । तर घटनास्थल वरपर रहेका हात्तीले लखेटेपछि सुरक्षाकर्मी भागेका थिए ।

इतबार बिहान प्रहरी निरीक्षक गायत्रीराज शर्माको कमान्डमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन वनको सशस्त्र वन रक्षक र स्थानीयको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो । मृतक कुमरको अनुहार र छातीमा चोट लागेको अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Post a Comment

Previous Post Next Post