सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

सुदूरपश्चिमकार कैलाली, अछाम र डडेल्धुरा जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्युु भएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीको गौरीगंगा र डडेल्धुरामा गाडीको ठक्करबाट दुई जना पैदल यात्री र अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका-६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा अन्दाजी ७० वषर्ीया महिलाको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी ती महिलाको राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।ट्राफिक प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

डडेलधुरामा पनि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको सकाइलस्थित केआईसिंह राजमार्गको चमकोटमा गम्भीर अवस्थामा भेटिएका ५६ वर्षीय पैदलयात्री राजकुमार देउवाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बुधबार राति करीब १० बजे गाडीले ठक्कर दिएको अवस्थामा भेटिएका थिए । उपचारका क्रममा राति १२ बजे डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 देउवालाई ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।यसैगरी अछाममा उकालो चढ्ने क्रममा ब्याक भएर जिप दुर्घटना हुँदा एक जनाको यात्रुको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ५ बजेतिर मंगलसेन नगरपालिका-१३ स्थित भित्री सडकखण्डमा सुपप्र ०१००१ ज १३१० नम्बरको जिप उकालोमा चढ्न नसकेर ब्याक हुने क्रममा हामफालेका मंगलसेन-५

का ४६ वषर्ीय दिलबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।चालक मंगलसेन नगरपालिका-५ का गंगाराम भाट र जिपलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post