सुदूरपश्चिममा दशैंमा ९ जनाको दुर्घटनामा मृत्यु, ११ घाइते

प्रदेश ट्राफिक प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीका अनुसार अवधिमा कैलालीसहितका पाँच जिल्लामा मात्र गाडी दुर्घटना भएका छन् ।

कैलालीमा भएका १० दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा थप एक÷एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।विगतका वर्षजस्तै यो वर्ष पनि दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटनामा परेका छन् । गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो।

भने ४४ जना घाइते भएका थिए । यो वर्ष भने दशैंका बेला मात्र ९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भने दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिदा मृतकको संख्या बढि देखिएपनि ठूलो खालको दुर्घटना नहुनुलाई सन्तोषजनक मानेको छ ।यो वर्ष एउटै दुर्घटनाबाट धेरैको ज्यान जाने खालका ठूला दुर्घटना भएका छैनन् ।

दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिँदा मृतकको संख्या बढेको छ’, डीएसपी उप्रेतीले भने, ‘दशैंमा सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम, चालक र स्वयं यात्रु सचेत हुँदा यो वर्ष धेरै क्षति व्यहोर्नुपरेन ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post