छोरीलाई जन्म दिएको १० दिनमै पत्रकार सीता शर्माको निधन


छोरीलाई जन्म दिएको १० दिनमै सबैलाई रू हाएर सधैलाइ बि दा भईन पत्रकार सिता शर्माछोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।

अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका-१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।

उनी क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी सीताको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post